Logo

Breaking News 1

चारदेशीय ट्वान्टी–२० शृंखलामा नेपाली क्रिकेट टिमले सहज जित



काठमाडौं । हङकङमा आजदेखि सुरु भएको चारदेशीय ट्वान्टी–२० शृंखलामा नेपाली क्रिकेट टिमले सहज जित निकालेको छ । नेपालले बुधबार भएको पहिलो खेलमा कतारविद्धर आठ विकेटको सहज जित निकालेको हो ।

हङकङको मोङ कोकमा भएको खेलमा कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपाली टिमले १७ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले आक्रामक सुरुआत गरेका थिए । भुर्तेलले १९ बलमा चार चौका र तीन छक्कासहित ३८ रन बनाउँदा आसिफ सेखले २१ बलमा चार छक्कासहित ३३ रन बनाए । 

यी दुईले पहिलो विकेटका निम्ति ५.४ ओभरमा ८१ रनको साझेदारी गर्दै नेपाललाई आक्रामक सुरुआत दिलाएका थिए ।नेपालले अब बिहीबार कुवेतसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १० : ४९ बजे