Logo

Breaking News 1

यस्ताे छ आजको राशिफल



आज मिति २०८१ चैत २६ गते, मंगलवार, ८ अप्रिल २०२५। चैत्र शुक्लपक्ष एकादशी तिथि। अश्लेषा नक्षत्र, १०ः५० बजेपछि मघा। चन्द्रराशि कर्कट, १०ः५० बजेपछि सिंह।

मेष
बिहानको काम सन्तोषजनक नभए पनि दोहोर्याएर प्रयास गर्नुहोला। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ।

वृष
विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ। अग्रजको सहयोग लिँदा राम्रो हुनेछ। तर योजना सार्वजनिक नगर्नुहोला। दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ।

मिथुन
बिहानको योजना दिउँसोतिर कार्यान्वयन हुनेछ। शुभचिन्तकको साथ–सहयोग जुट्नाले पेसा–व्यवसायमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

कर्कट
बिहानको समय विशेष भेटघाट र परिस्थिति मिलाउन जुट्नुपरे पनि दिउँसोतिर चिताएको काम सम्पादन हुनेछ। बौद्धिक कलाको प्रभाव बढ्नेछ।

सिंह
बिहान केही खर्चिलो काम गर्नुपर्ने देखिन्छ। टाढाका आफन्तसँग सम्पर्क बढ्नेछ। यात्राको साइत जुर्न सक्छ। दिउँसो परिस्थिति अनुकूल बन्नाले नयाँ काम सुरु हुनेछ।

कन्या
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नाले नयाँ जिम्मेवारी समेत पाइनेछ।

तुला
मिहिनेतले पहिलेको स्थितिमा सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्।

वृश्चिक
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। बिहानको योजना दिउँसोतिर कार्यान्वयन गर्न सकिनेछ।

धनु
अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

मकर
बिहानको समय उत्साहवर्द्धक रहनेछ। रमाइलो यात्राका बीच मानसम्मान प्राप्त हुनेछ। व्यवसायमा मनग्य फाइदा उठाउन सकिनेछ।

कुम्भ
बिहानको समय संघर्षपूर्ण देखिए पनि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। व्यापार बढ्नेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ।

मीन
दिन उत्साहजनक रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ६ : ०९ बजे