कामठाडौं । नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना आज देखि हुँदैछ ।
शनिबार बारको नयाँ कार्यसमितिका लागि मतदान भएको थियो। बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो ।
काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।
बारको नयाँ नेतृत्वका लागि अध्यक्ष पदको उम्मेदवारमा बृहत लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ रहेका छन् ।
प्रतिक्रिया