पोखरा । प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेशमा लघु, साना र मझौला उद्यम (MSME) र उपभोक्ताहरूसँग सम्बन्धित सेवाहरूको लागि SME र Consumer Banking HUB Gandaki स्थापना गरेको छ। उक्त केन्द्रको औपचारिक उद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
उद्घाटन समारोहमा बोल्दै रानाज्यूले उक्त पहलले गण्डकी प्रदेशका लक्षित ग्राहक वर्गलाई अझ प्रभावकारी र सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे। उहाँले बैंकको नयाँ केन्द्रले उद्यमशीलता प्रवर्द्धन र वित्तीय पहुँचमा सहजता ल्याउने कुरा जोड दिनुभयो।
SME र Consumer Banking HUB मार्फत गण्डकी प्रदेशका व्यवसायी र उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्नेछन्। यसले विशेष गरी लघु, साना र मझौला उद्यमहरूको व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना र संचालनमा आवश्यक पर्ने ऋण र परामर्श सेवाहरू उपलब्ध गराउने छ। यसका साथै, घर निर्माण, सवारी साधन खरिद, शिक्षा र स्वास्थ्य जस्ता आवश्यकताका लागि विविध ऋण योजनाहरू पनि उपभोक्ताहरूलाई उपलब्ध गराइने छन्।

प्रतिक्रिया