Logo

मुख्य समाचार

हुन्डाईले नयाँ वर्ष अफरमा ६ लाखसम्म नगद छुट र १ वर्षसम्म निःशुल्क बीमा तथा एक्स्चेन्ज सुविधा घोषणा



काठमाडौं। हुन्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्षको अवसरमा “चुज योर फ्युचर हुन्डाई सँग” योजना सार्वजनिक गरेको छ। यो योजना बिहीबारदेखि देशभर लागू भएको छ।

हुन्डाईका अनुसार, ग्राहकहरूले यस अफर अन्तर्गत ६ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, ग्राहकलाई १ वर्षसम्मको निःशुल्क बीमा, सवारी कर, र तुरुन्तै मूल्यांकन र एक्स्चेन्ज सुविधासमेत उपलब्ध गराइनेछ।

क्रेटा ईभी र क्रेटा आईसीई (मेड इन नेपाल) जस्ता गाडीहरूलाई समेत यस अफरले आकर्षक बनाएको हुन्डाईको भनाइ छ। यस योजनामा हुन्डाईका सबै ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी र ईभी गाडीहरू समावेश छन्।

लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार, कम्पनीले हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याउँदै आएको छ, जसले ग्राहकको आवश्यकता र रुचिमा आधारित सेवा उपलब्ध गराउने लक्ष्य राख्दछ। यस योजनामा समावेश सबै आईसीई हुन्डाई गाडीहरूमा ३ वर्षको वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र ईभी गाडीहरूको हाई भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी प्रदान गरिनेछ।

यो नयाँ वर्षको अफरले हुन्डाईका ग्राहकहरूको यात्रा अझ विशेष बनाउने कम्पनीको विश्वास छ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ३ : १५ बजे