काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ ।
कोशी प्रदेशका क्षेत्रहरूमा बादल लाग्ने र एक–दुई ठाउँमा दिउँसो छिटपुट पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ । आइतबार बिहान काठमाडौंको वायु शुद्धता सूचकांक (एक्युआई) २११ छ । यो भनेको हामीले सास फेर्ने तल्लो वायुमण्डल अत्यन्त विषाक्त रहेको छ ।
प्रतिक्रिया