Logo

मुख्य समाचार

सामाजिक सञ्जालमा भ्रमपूर्ण प्रचारको खिलाफ काठमाडौं प्रहरी परिसरको हार्दिक अपिल



काठमाडौं, काठमाडौं प्रहरी परिसरले दुर्गा प्रसाई सहितका समूहले तिनकुनेमा आयोजना गरेको कार्यक्रममा भएको तोडफोड, आगजनी, लुटपाट र प्रहरी कारवाहीसँग सम्बन्धित घटनाबारे गम्भीर ध्यानाकर्षण जनाउँदै अपिल गरेको छ। यस घटनासँग सम्बन्धित छानविन र अनुसन्धान भइरहेको सन्दर्भमा विभिन्न सामाजिक सञ्जालमा अनर्गल फोटो, भिडियो र समाचारहरु प्रकाशन भएको र यसले आमजनमा अन्योल र भय फैलाउने सम्भावना रहेको प्रहरी परिसरले जनाएको छ।

प्रहरी परिसरको प्रवक्ताले भने, “यस्ता भ्रमपूर्ण प्रचारहरूले गलत धारणा फैलाउने र शान्ति र सुव्यवस्था कायम राख्न गम्भीर असर पार्ने सक्ने सम्भावना छ। यसले सबै पक्षलाई गम्भीर र जिम्मेवार बनाउने आवश्यकता छ।”

प्रहरी परिसरले यस घटनासम्बन्धी कुनै पनि सूचना, फोटो, भिडियो वा अन्य सामग्री रहेको व्यक्तिहरुलाई सहयोगका लागि प्रहरी कार्यालयको ईमेल [email protected], फेसबुक पेज https://www.facebook.com/PoliceRangeKTM, वा जिल्ला प्रहरी परिसर काठमाडौं, प्रवक्ताको सम्पर्क नम्बर ९८५११२६९८३ मा उपलब्ध गराउन आग्रह गरेको छ।

प्रहरी परिसरले सबै नागरिकलाई शान्ति र सुव्यवस्थाको लागि संयम, धैर्यता र जिम्मेवारीपूर्ण व्यवहार प्रदर्शन गर्न अपिल गर्दै, “आधारहीन अफवाह र भ्रमको पछि नलागेर सत्य र तथ्यलाई स्थापित गर्न सहयोग गर्न सबैलाई अनुरोध गर्दछौं।”

यस घटनामा उत्पन्न भएको भ्रम र असमञ्जसको सन्दर्भमा यस कार्यालयको छानविन र अनुसन्धान प्रक्रिया जारी राख्ने जनाइएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १२ : ४३ बजे