Logo

मुख्य समाचार

रौतहटको दुई छुट्टाछुटै स्थानमा आगोलागी, १० लाख बराबरको क्षति



रौतहट । रौतहटको दुई छुट्टाछुटै स्थानमा भएको आगोलागीमा रु.१० लाख ३८ हजार बराबरको क्षती भएको छ । गरुडा नगरपालिका –५ मा रहेको ठाकुर ग्रिल उद्योगमा सोमबार बेलुका करिब ९ बजे तिर आगलागी भएको हो ।

आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओम प्रकाश यादवको नेतृत्वको टोलि खटिएको थियोे । सुरक्षाकर्मी, स्थानियबासी र वरुण यन्त्र (दमकल ) सहयोगमा आगो करीब एक घण्टा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले बताए ।

उनका अनुसार बिद्युत तार सर्ट भएर आगोलागी भएको अनुमान गरिएको छ । आगोलागीबाट उद्योगमा रहेको टायर, वल्डिङ मेसिन ,मर्मतका लागी राखिएको ट्याक्टर लगायत जलेर क्षती पुगेको उनले जानकारी दिए । आगोलागीबाट कुनै प्रकारको मानवीय क्षती नभएको उनको भनाइ छ ।

आगोलागीमा रु.१० लाख बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ ।यस्तै इशनाथ नगरपालिका ६ जयनगर बस्ने शेख वसिर अख्तरको पक्की घरको एक कोठामा आगोलागी भएको रौतहट प्रहरीले जनाएको छ । आगोलागीबाट कोठामा रहेका टि.भी , पलङ र साइकल लगायत जलेर क्षती भएको प्रहरीको भनाइ छ । घरको कोठामा मात्र आगोलागी भएकाले करीब ३८ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १० : १३ बजे