Logo

मुख्य समाचार

इदले धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको छ : सभापति देउवा 



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व इद–उल–फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सोमबार शुभकामना सन्देश जारी गर्दै इस्लाम धर्मावलम्बीको पवित्र पर्व इद–उल–फित्रले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको बताएका छन् ।

उनले यस पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

‘विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान हो, यी प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ, त्यस मध्ये इद–उल–फित्र पर्व पनि एक महत्वपूर्ण पर्व हो’, सभापति देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको र यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रीतिरिवाज र चाडपर्व रहेको बताए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १० : ४६ बजे