Logo

राजनीति

संसद् बैठक सोमबारसम्मका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयले भोलि(सोमबार) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको हो ।

सत्ता र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्नुको कारण माग गर्दै विपक्षी दलहरूले संघीय संसद्का दुवै सदन अवरोध गरिरहेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ७ : ४८ बजे