Logo

मुख्य समाचार

पत्रकार रजकको मृत्यु र मिडिया हाउसमाथि आक्रमणको विरोधमा धर्ना



काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दवुले पत्रकार सुरेश रजकको मृत्यु र सञ्चारमाध्यम माथि भएको आक्रमणको विरोधमा धर्ना कार्यक्रम आयोजना गरेको छ ।

दवूले आइतबार पत्रकार सुरेश रजकको मृत्यु र सञ्चारमाध्यम माथि भएको आक्रमणको विरोधमा धर्ना गरेको हो ।

उक्त धर्नामा घटनाका दोषिमाथि कारबाहीको माग गरिएको छ । नेवाः पत्रकार राष्ट्रिय दवुले धर्ना गर्दै सञ्चार माध्यममाथि आक्रमण बन्द गर, पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टी गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर लगायत विभिन्न नारा लेखिएका व्यानरहरुसहित धर्ना दिएका हुन् । धर्नामा मृतक पत्रकार रजकका परिवारको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ७ : २५ बजे