Logo

मुख्य समाचार

तोडफोडपछि राजावादीहरुले गरे नेकपा एसको केन्द्रीय कार्यालयमा आगजनी


१५ चैत्र २०८१, शुक्रबार  

184
Shares

काठमाडौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोडपछि आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर पहिले तोडफोडमा उत्रिएका थिए । पछि आगजनी गरेका हुन् ।

नेपाल न्यूज बैंकका प्रतिनिधि विजेन अमात्यका अनुसार प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाए, त्यसपछि प्रदर्शनकारीरुले उक्त कार्यालय आगजनी समेत गरेका हुन् ।

प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रका आधा दर्जन घरमा तोडफोट गर्नुका साथै आगजनी समेत गरेका थिए । तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । राजवादीहरुको आमसभा समेत प्रभावित बनेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ४ : २५ बजे