Logo

प्रविधि

काठमाडौँमा गोगोरोको ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा



काठमाडौं । दुई पाङ्ग्रे विदयुतीय सवारी साधनहरूको लागि गोगोरोले काठमाडौं उपत्यकाभरि पूर्ण रूपमा सञ्चालित ४५ ब्याट्री स्वाप स्टेशनहरू सफलतापूर्वक स्थापना गरेको छ ।

गोगोरोले आफ्नो प्रतिबद्धता अनुरुप बिक्री गर्नु अघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको हो ।

गोगोरोको ब्याट्री–स्वापिङ प्रविधिले ईभीका लागि सबैभन्दा ठूलो अवरोधहरू मध्ये एक रेन्जको चिन्तालाई (चार्ज सकिने चिन्ता) प्रत्यक्ष रूपमा सम्बोधन गर्दछ । राइडरहरूले ब्याट्री सकिने वा चार्जिङको लागि धेरै समय पर्खने बारेमा कहिल्यै चिन्ता गर्नु नपर्ने कम्पनीको दाबी छ ।

हाल गोगोरोका स्टेसनहरू पेट्रोल पम्प, सुपरमार्केट तथा अन्य रणनीतिक स्थानहरुमा राखिएका छन् । हाल काठमाडौंमा दैनिक १०० भन्दा बढी स्वाप भइरहेको छन् र यो बढ्दो क्रममा छ ।

‘नेपालको ईभी इकोसिस्टमलाई बलियो बनाउन हामी आफ्नो प्रतिबद्धता पूरा गर्न पाएकोमा गर्व लागेको छ । यी ४५ स्व्याप स्टेसनहरू हाम्रो दीर्घकालीन सोचको पहिलो खुडकिलो मात्र हो, हाम्रो लक्ष्य अझ स्मार्ट र दिगो यातायात प्रणाली निर्माण गर्नु हो,’ नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले भने ।

गोगोरोको बारेमा

सन २०११ मा स्थापित गोगोरोले आफ्नो अग्रणी ब्याट्री–स्वापिड नेटवर्कको साथ शहरी ऊर्जा वितरणलाई पुनः परिभाषित गरिरहेको छ । इनोभेसनको लागि विश्वप्रसिद्ध गोगोरोले आफ्नो स्मार्ट, कअबबिदभि र कगकतबष्लबदभि mयदष्ष्तिथ का समाधानहरूको साथ शहरी यातायातलाई रुपान्तरण गरेको छ। ताइवान, फिलिपिन्स, चीन, भारत, जापान, इन्डोनेसिया, कोरिया, इजरायल, सिंगापुर र नेपालमा सञ्चालनमा आएको गोगोरोले इलेक्ट्रिक मोबिलिटी इनोभेसनको नेतृत्व गरिरहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ८ : ४९ बजे