Logo

खेलकुद

प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताका विजेतालाई मधेश प्रदेश सरकारको सम्मान



जनकपुर । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल मधेश प्रहरी कार्यायल क्रिकेट टिमलाई प्रशंसा पत्र वितरण तथा सम्मान गरिएको छ ।

बिहीबार जनकपुरधामस्थित मधेश भवनमा खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेशद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री सतिश कुमार सिंहले विजेता टिमका खेलाडिहरुलाई सम्मान गर्नुका साथै प्रशंसा पत्र हस्तान्तरण गरेका छन् ।

सो क्रममा मुख्यमन्त्री सिंहले खेलकुद सम्बन्धि ऐन ड्राफटिङको प्रक्रियामा रहेको जानकारी दिए । उनले राष्ट्रिय, अन्तराष्ट्रिय स्तरको खेल खेलेका खेलाडि र प्रशिक्षकहरुलाई प्रदेश सरकारले खेलकुद क्षेत्रमै सरकारी कर्मचारी सरह नियुक्ति गर्ने गरी व्यवस्था गर्ने योजनमा काम गरिहेको जानकारी दिए । यसका लागि लोक सेवा आयोगमा समेत प्रदेश सरकारले समन्वय गर्ने बताए । मुख्यमन्त्री सिंहले खेलकुद मन्त्रालयको तर्फबाट प्रदेशभरिनै खेलकुदका सामग्री केही दिन भित्रै वितरण गर्ने जानकारी दिए ।

कार्यक्रममा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले ११औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमै गराउने लक्ष्य राखेको बताए ।

उनले कर्णाली प्रदेशले २ वर्षमा रङशाला निर्माण गरेर देखाउन सक्छ भने, हामी त्यो भन्दा कम समयमा बनाएर देखाउने हिसाबले काम अगाडि बढाउन लागेको जानकारी दिनुभयो । उनले रंङशालाको लागि आगामि बजेटमै रकम छुट्टयाउ भौतिक संरचना निर्माणतर्फ लाग्ने बताए ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ८ : ४३ बजे