Logo

मनोरञ्जन

समिक्षा र शुभाङ्गीको ‘घामपानी घामपानी’मा वर्षा



काठमाडौँ । गायिका समिक्षा अधिकारी र नव बालगायिका शुभाङ्गी सिंह खड्काको ‘घामपानी घामपानी’ बोलको गीतको भिडियो सार्वजनिक गरिउको छ । जसमा  प्रकाश सापकोटाको शब्द छ भने आरएण्डबिको संगीत रहेको छ ।

गीतको भिडिओमा नायिका बर्षा राउतसँगै गायिका शुभाङ्गीले अभिनय गरेका छन् । भिडिओलाई आशिष गुरुङले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीको टिमले खिचेको हो । सन्जय विश्वकर्माको कोरियोग्राफी रहेको भिडिओ मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

शुभाङ्गी कल्चर क्रिएसनको युट्युव च्यानलमार्फत सार्वजनिक भिडिओमा सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया आउन थालेका छन् । शुभाङ्गी उदाउँदै गरेकी नव प्रतिभा हुन् । उनको गायकीलाई सामाजिक सन्जालमा धेरैले रुचाएका पनि छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ८ : २४ बजे