Logo

मुख्य समाचार

एकता मार्गमा अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध



काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको अगुवाइमा काठमाडौं महानगरपालिका ३१ वडास्थित एकता मार्गमा सार्वजनिक जग्गा अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयले अवरोध गरेका छन् ।

बिहीबार दिउँसो प्राधिकरणका आयुक्त सुभाष बस्नेतको अगुवाइमा सार्वजनिक जग्गा अतिक्रमण गरी सडक विस्तार गरिएको र संरचना बनाइएकाले प्राधिकरणको अगुवाइमा डोजरसहित पुगेका कर्मचारीलाई स्थानीयले अवरोध गरेका हुन् ।

शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नवराज प्याकुरेलको निर्देशनमा उक्त क्षेत्रमा मापदण्ड विपरित संरचना निर्माण गरिएको र सडक विस्तार गरिएको उपत्यका विकास प्राधिकरणका कर्मचारीहरुको भनाइ छ । उक्त क्षेत्रको सडक आठ मिटर कायम गर्नुपर्नेमा ६ मिटरमा खुम्च्याएर सार्वजनिक जग्गा मिचिएको प्राधिकरणको भनाइ छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ३ : ३९ बजे