Logo

मुख्य समाचार

वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेड र एनएमबी क्यापिटल लिमिटेड बीच सहकार्य सम्झौता



काठमाडौँ । पानी उद्योगमा प्रिमियम शुद्ध प्रशोधित र मिनरल मिश्रित पिउने पानी उत्पादन गर्दै नेपाली उद्यमशीलतामा नयाँ आयाम थप्ने उद्देश्यले स्थापना गरिएको वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले एनएमबी क्यापिटल लिमिटेडसँग संस्थागत परामर्शका लागि सम्झौतासमेत गरेको छ।

सम्झौताअनुसार, एनएमबी क्यापिटल लिमिटेड वृजहिमालयन स्प्रिङलाई पूँजी पुनः संरचना, वित्तीय परामर्श र रणनीतिक साझेदार भित्र्याउनका लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउनेछ। कम्पनीले यस सहकार्यलाई आफ्नो व्यवसायलाई विस्तार र दीर्घकालिक लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण कदमको रूपमा लिएको जनाएको छ।

वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक सत्यम केडियाले भने, “एनएमबी क्यापिटलसँगको सहकार्यले हाम्रो परियोजनालाई अझ अगाडि बढाउन र विकास गर्न मद्दत गर्नेछ। हामी यस सहकार्यबाट हाम्रो सरोकारवालाहरूसँग उच्च प्रतिफल दिन प्रतिबद्ध छौँ।”

एनएमबी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले भने, “वृजहिमालयन स्प्रिङसँगको सहकार्यले हामीलाई नयाँ उद्यमलाई सहयोग गर्ने अवसर दिएको छ र हामी यसको विकासमा सघाउने छौँ।”

केडिया अर्गनाइजेसनको नेतृत्वमा वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेड पिउने पानी उद्योगमा नयाँ पहिचान बनाउन प्रयासरत रहेको छ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ८ : ३८ बजे