Logo

कर्पोरेट

नबिल बैंकको सीईओमा ज्ञवाली नियुक्त



काठमाडौं। नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सिनियर डेपुटी सीईओ मनोज ज्ञवालीले पाएका छन्। आज आयोजित सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत गर्दै सीईओको जिम्मेवारी ज्ञवालीलाई सुम्पेको हो।

नबिल बैंकले जानकारी दिएको अनुसार, ढुंगानाको राजीनामा चैत १० गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको छ। ढुंगानाले गभर्नरको आकांक्षीको रूपमा नबिल बैंकबाट बाहिरिएको हुनसक्ने भनाइहरु रहेका छन्।

ज्ञवालीले आजदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्नेछन्।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  २ : १९ बजे