Logo

मुख्य समाचार

कुलमान घिसिङ जस्तो योग्य कर्मचारीलाई यो सरकारले अपमान गर्नु खेदजनक :  देवेन्द्र पौडेल



काठमाडौं । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कुलमान घिसिङ जस्तो योग्य कर्मचारीलाई अपमान गर्ने जुन काम भयो त्यो खेदजनक रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बाहिर बोल्दै उनले लोडसेडिङ मुक्त राष्ट्र बनाउन मूल नेतृत्व गरेको घिसिङलाई सम्मान गर्नु सट्टा सरकारले अपमान गरेको भन्दै यो खेदजनक भएको बताएका हुन् । 

उनले भने, ‘काम गर्ने एकजना मजदुर, नागरिक सबैलाई हेर्नुपर्छ नि । नेपाल पहिला धेरै अन्धकारमा रहेको थियो । ९ देखि १८ घण्टासम्म लोडसेडिङ हामीले भोग्नु परेको थियो । त्यो लोडसेडिङ घट्दै गएर करिब करिब लोडसेडिङ मुक्त राष्ट्रको रुपमा हामी अगाडि बढेकाछौँ । त्यसको मूल नेतृत्व कुलमान घिसिङले गरेको कुरा सबैलाई थाहा छ । कुलमान घिसिङ एकजना कर्मचारी हो तर योग्य कर्मचारीलाई सम्मान गर्न त जान्नुपर्छ नि ,सरकारले सम्मान गर्नुको सट्टा सरकारले अपमान गरेर जसको समय पनि सकिने बेलामा अपमान गर्ने जुन काम भयो त्यो खेद जनक छ ।’

यसको साथै, कुलमान घिसिङलाई हटाउनु र मन्त्रीज्यूले लोडसेडिङ भारतले अन्त्य गरेको हो कुलमानले होईन भन्नु निकै खेदजनक र दुखद कुरा भएको पनि उनको भनाई छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १२ : ४९ बजे