Logo

समाचार

विभिन्न विधामा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड प्रदान गरिने



काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले काठमाडौंमा पाँचौं ‘राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५’ को विशेष समारोह आयोजना गर्ने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै फोटो पत्रकार समूहले आगामी २०८२ साल बैशाख १३ गते राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसर पारेर पाँचौं ‘राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५’ को विशेष समारोह आयोजना गर्न लागेको जानकारी गराएको हो ।

यस कार्यक्रममा देश तथा विदेशमा रहेर विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको क्षमता र योग्यताको कदर गर्दै नयाँ आउने युवा फोटो पत्रकारको उच्च मनोबल वृद्धिको लागि प्रोत्साहन स्वरुप विभिन्न १६ विधामा ट्रफी, सम्मानपत्र प्रदान गर्न लागिएको छ । लाइफ टाइम एचिभमेन्ट अवार्ड २५ हजार नगद, ट्रफी र सम्मानपत्र सहितको हुनेछ ।

यो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा विगत लामो समयदेखि सक्रियरुपमा फोटोपत्रकारिता गरि हाल निवृत्त भएका अग्रज मध्येबाट एकजनालाई प्रदान गरिनेछ ।

अवार्ड छनौट कमिटिमा राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदिपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटोपत्रकार मैलेन्द्र खन, नेपाल पर्यटन बेहेम सिनियर म्यानेजर सूर्य थपलिया, सूर्यज्योती लाइफ इन्सुरेन्सका ग्राण्डीड एण्ड कम्यूनीकेशन प्रममा मन्द्रागिरी वास्तुकला र सृजनात्मक कला विभाग प्रमुख सीरगंगा दर्शनधारी र देशसञ्चारका सहसम्पादक मनोज दाहालको निर्णायक भूमिका रहने छ ।

राष्ट्रिय स्तरको अवार्डका विधाहरु :

१) लाइफटाइम एचिभमेन्ट अवार्ड–२०२५

२) दैनिक जीवन फोटो पत्रकारिता विधा २०२५

३) खेलकुद फोटोपत्रकारीता विधा २०२५

४) महिला फोटोपत्रकारिता विधा २०२५

५) पर्यटन तथा संस्कृति फोटोपत्रकारिता विधा २०२५

६) वार्षिक फोटोपत्रकारिता विघा २०२५

७) राजनैतिक फोटोपत्रकारिता विधा २०२५

८) मनोरन्जन फोटोपत्रकारिता विधा २०२५

९) स्वतन्त्र फोटो पत्रकारिता बिधा २०२५

प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्ड २०२५

१) कोशी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधा २०२५

२) मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधा २०२५

३) बागमती प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधा २०२५

४) गण्डकी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधा २०२५

५) लुम्बिनी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधा २०२५

६) सुदुरपश्चिम प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधा २०२५

७) कर्णाली प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधा २०२५

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ७ : ४२ बजे