Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंकले ७ प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन



काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५ को अवसरमा सातै प्रदेशमा विद्यार्थी तथा युवा युवतीहरू लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। यस कार्यक्रम अन्तर्गत बैंकले देशभरका ६,००० भन्दा बढी विद्यार्थी र युवा युवतीलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरेको छ।

बैंकले सप्ताहभरि विभिन्न शैक्षिक र युवा केन्द्रित कार्यक्रमहरू संचालन गर्दै वित्तीय साक्षरता र डिजिटल बैंकिङ्गका महत्त्वपूर्ण पक्षहरूलाई बुझ्नका लागि सहभागीहरूलाई प्रोत्साहन गरेको थियो। यस अवसरमा, नेपाल राष्ट्र बैंक र अन्य संस्थाहरूले पनि कार्यक्रम आयोजना गर्दै ग्लोबल आइएमई बैंकका कर्मचारीहरूले वित्तीय सचेतना अभिवृद्धि गर्ने कार्यमा सक्रिय सहभागिता जनाएका थिए।

बैंकका अनुसार, यस कार्यक्रमका माध्यमबाट बचत, कर्जा, रेमिट्यान्स, बीमा, लगानी, डिजिटल बैंकिङ्ग, वित्तीय ठगी र वित्तीय अनुशासन जस्ता विषयमा जानकारी गराइएको थियो। बैंकले ३५५ शाखाहरूमार्फत वित्तीय साक्षरता र डिजिटल बैंकिङ्गका कार्यक्रमहरू संचालन गर्ने योजना बनाएको छ।

ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ मा नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मान प्राप्त गरेको छ। यसका साथै, बैंकले मुलुकभरका ७७ जिल्लामा शाखा सञ्जाल र १,१०० भन्दा बढी सेवा केन्द्रहरू मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरूको अतिरिक्त विदेशबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ, जसमा संयुक्त राज्य अमेरिका, क्यानडा, मलेशिया, दक्षिण कोरिया, साउदी अरब, कतार, भारत, र जोर्डन जस्ता देशहरूबाट रेमिट्यान्स भित्र्याउने कार्य गर्दै आएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ६ : ५५ बजे