Logo

Breaking News 1

मौसम पूर्वानुमान : कोशीमा चट्याङसहित हल्का वर्षाको सम्भावना



काठमाडौं । देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, जिरी, विराटनगर लगायतका सहरमा हल्का पानी पर्ने सम्भावना छ । सबैभन्दा धेरै तापक्रम भैरहवामा र सबैभन्दा कम जोमसोम र जुम्लामा पुग्ने देखिन्छ ।

सोमबार कोशी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । वर्षा र हिमपातले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ७ : १० बजे