काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको केन्द्रीय महाधिवेशनको सबै तयारी पूरा भएको छ । यही चैत्र ८ र ९ गते काठमाडौंमा संघको प्रथम केन्द्रीय महाधिवेशन आयोजना हुँदैछ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत संघका सभापति प्रकाश पन्तले महाधिवेशनको सबै तयारी पूरा भएको र देशभरबाट प्रतिनिधि आउनेक्रम जारी रहेको जानकारी दिए।
महाधिवेशनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा उद्घाटन गर्ने छन् । अध्यक्ष पन्तका अनुसार महाधिवेशनमा देशभरबाट एक हजार तीन जना केन्द्रीय प्रतिनिधि सहभागी हुने छन् ।
महाधिवेशन प्रचार प्रसार उपसमितिका संयोजक माधव चौलागाईंका अनुसार ७७ वटै जिल्लाबाट गरी एक हजार तीन जना महाधिवेशन प्रतिनिधि सहभागी हुने जानकारी दिए । महाधिवेशनमा सहभागी प्रतिनिधिलाई तीन छाक खाना र एक रात वासको प्रवन्ध गरिएको छ ।
संघको ७ वटा प्रदेश, ७३ वटा जिल्लाका १६१ संघीय निर्वाचन क्षेत्र ३२२ प्रदेश सभा र अधिकाँश स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेको चौलागाईंले जानकारी दिए ।
अधिवेशनको पहिलो दिन चैत्र ८ गते पार्टी कार्यालय सानेपाको प्राङ्गणमा मञ्च सजावट गरी पार्टीका सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीलयायत केन्द्रीय स्तरका नेतृत्वहरू, प्रदेश समितिका सभापति तथा पदाधिकारी र सदस्यहरू, सांसदहरू भातृ तथा शुभेच्छुक संघ संस्थाका नेतृत्व तथा पदाधिकारी र सदस्यहरू लगायत पार्टीका विभिन्न तह र तप्कामा रहेका नेतृत्वहरूको बीचमा भब्य रूपमा उत्साहजनक वातावरणमा उद्घाटन समारोह र बन्दशत्र हुनेछ ।
महाधिवेशनमार्फत ३९ जना निर्वाचित १२ जना मनोनित गरेर ५१ जनाको कार्यसमिति चयन हुनेछ। जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष ९महिलारखुल्ला० दुइ जना, महामन्त्री खुल्ला दुइ जना, सदस्यहरू ३ महिला सहित खुल्ला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुल्ला गरी दुइ जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने छ भने बाँकी १२ जना महिला र समावेशी मिलाइ मनोनित गरिने पत्रकारसम्मेलन मार्फत जानकारी दिइएको हो ।
संघको विधान अनुसार केन्द्रीय समितिमा प्रदेशका अध्यक्षहरू पदेन सदस्य हुने व्यवस्था छ भने कोषाध्यक्ष तथा दुइ जना सहमहामन्त्री कार्यसमितिले चयन गर्ने उल्लेख छ ।
महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीले केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमय सदस्य रहने गरी ३ सदस्यीय निर्देशन समिति गठन गरेको थियो। महाधिवेशन सम्पन्न गर्न १५ वटा उपसमिति र महाधिवेशन सचिवालयको गठन गरिएको छ । महाधिवेशन सम्पन्न गर्न करिब ३० लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया