Logo

समाचार

रोटरी ईन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले महासम्मेलन गर्ने



काठमाडौं । परोपकारी संस्था रोटरी ईन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले चैत ८–१० गतेसम्म १७ औं डिस्ट्रिक्ट कन्फ्रेन्स(महासम्मेलन) आयोजना गर्ने भएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै १७ औं डिस्ट्रिक्ट कन्फ्रेन्स र रोटरीका परियोजनाहरुको सन्दर्भमा डिस्ट्रिक्ट गभर्नर रोटरियन राजेन्द्रमान शेरचनले जानकारी गराएका हुन् ।

ललितपुरमा हुने महासम्मेलनमा नेपालका १५७ रोटरी क्लबहरू र भुटानको एक रोटरी क्लबका करिब १,२०० रोटेरियनहरू भेला हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महासम्मेलनले ज्ञान आदानप्रदान, अनुभव साझेदारी तथा सामुदायिक स्तरमा रोटरी सचेतना अभिवृद्धि तथा सेवा परियोजनाहरू सञ्चालनका लागि समस्या समाधानका रणनीतिहरूको छलफल गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।

सम्मेलनमा रोटरी इन्टरनेशनलका अध्यक्षको प्रतिनिधिद्वारा सम्बोधन हुने साथै महासम्मेलनले भावी कार्यदिशा निर्धारण गर्न पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

विगत ६६ वर्षदेखि परोपकारी काममा सक्रिय रोटरी ईन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ सामाजिक तथा मानवीय सेवामा संलग्न रहँदै आएको छ ।

यसै सिलसिलामा रोटरी ईन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्र्तगत नेपालका १५८ रोटरी क्लबहरु र भुटानको एक रोटरी क्लबले आ आफ्ना मुलुकका दुर्गम तथा सुविधाविहीन क्षेत्रका जनतालाई स्वास्थ्य, शिक्षा, आर्थिक र सामुदायिक विकास, वातावरण लगायत प्राथमिकताका सात क्षेत्रमा सामुदायिक सेवा परियोजनाहरु संचालन गरिरहेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ७ : १७ बजे