Logo

निर्वाचन विशेष

स्ववियु निर्वाचन: आरोप प्रत्यारोप र तालाबन्दीको बीचमा प्रतिस्पर्धा



काठमाडौं। भोली, चैत्र ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन विद्यार्थी संगठनहरू बीचको विवाद र आन्तरिक मतभेदका कारण प्रभावित भएको छ। विभिन्न संगठनहरू बीचको विवाद र सत्तारूढ र प्रतिपक्षका संगठनहरूका बीचको आरोप प्रत्यारोपले चुनावी प्रक्रियामा असर पुर्‍याएको छ।

सत्तारूढ कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरू बीच निर्वाचनको कसमस चलिरहेको छ। चुनाव नजिकिँदै गर्दा, क्याम्पसहरूमा तालाबन्दी र अराजकता प्रदर्शन भइरहेको छ।

अनेरास्ववियुका अध्यक्ष महेश श्रेष्ठले भने, ‘चाहे चुनाव निर्धारित समयमा गर्न नसकेपनि, केही दिन पछि भएपनि सबै क्याम्पसहरूमा शान्तिपूर्वक निर्वाचन गराउने दाबी गरेका छन्। उनले संगठनको प्रमुख एजेन्डामा विश्वविद्यालयको डिजिटलाइजेसन, नतिजा प्रकाशित गर्न ढिला नगर्ने र सर्टिफिकेसन वितरणको पहल गर्ने कुरा उठाएका छन्।

यता, एमालेका धर्म गिरीले स्ववियुको चुनावलाई महत्त्वपूर्ण बताउँदै समाज परिवर्तनमा यसको भूमिका औंल्याएका छन्। उनले भने, ‘स्ववियु निर्वाचनमा सबैले जित्न चाहन्छन्, तर कतिपयले आफूले हार्ने ठाउँमा निर्वाचन गर्न चाहँदैनन्।’

अखिल समाजवादीका अध्यक्ष नरेन्द्र विश्वकर्माले भने स्ववियुमा भ्रष्टाचार र गलत दिशामा लैजाने प्रवृत्ति बढेको बताएका छन्। उनले विद्यार्थी आन्दोलनलाई सहि दिशा दिन नसकेको र क्याम्पसहरूमा तालाबन्दी र तोडफोड भइरहेका छन् भन्ने कुरा उठाए।

स्ववियुको निर्वाचनको तयारी गर्दा धेरै क्याम्पसहरूमा तालाबन्दी गरिएको छ, जस्तै त्रिचन्द्र, पद्यमकन्या, शंकरदेव क्याम्पसमा।

चैत्र ५ गते हुने निर्वाचनमा देशभरका २०० क्याम्पसहरूमा स्ववियु चुनाव भइरहेका छन्, र केही क्याम्पसमा एकल, संयुक्त र प्यानलका उम्मेदवारहरू प्रतिस्पर्धा गरिरहेका छन्। यद्यपि, संगठनहरू बीचको आन्तरिक विवाद र उम्मेदवार मनोनयनको असन्तुष्टि कारणले निर्वाचन प्रक्रिया प्रभावित भएको छ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ७ : ३४ बजे