काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वशंतन्त्रलाई बोक्न यो राष्ट्र तयार नभएको बताएका छन् ।
सोमबार ‘मैले बुनेका रहर’ बोलको गीत बिमोचन कार्यक्रममा बोल्दै उनले हामीले नयाँ रहरहरु सिर्जना गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘हामीले वशंतन्त्रको युग पार गरेर लोकतन्त्रको युगमा आएका हौ । यो देशमा जतिसुकै पदहरु बढुन् । हर पदमा जनताले निर्वाचन गरेको व्यक्ति मात्र रहन पाउछ । ०६२/०६३ को परिर्वतनको सन्देश यो पनि हो । अब फेरी वशंतन्त्रलाई बोक्न यो राष्ट्र तयार छैन ।’
उनले हामीले नयाँ रहरहरु सिर्जना गरी समाजमा भएका अन्याय, दमन, शोषणको अन्त्य गर्ने रहरको सिर्जना गर्न तिर लाग्नुपर्ने पनि बताए ।
यस्तै, गीत बिमोचन कार्यक्रममा पुगेका कलाकार दमन रुपाखेतीले आफ्नो प्रस्तुति पनि राखेका थिए ।
प्रतिक्रिया