Logo

मुख्य समाचार

१७ औं धर्मश्री’को तयारी सुरु



काठमाडौं । नेपाल व्यायाम मन्दिरले ‘१७ औं धर्मश्री’ प्रथम पिएल सिंह मेन्स स्पोट्र्स फिजिक्स  प्रथम वोमेन्स वडिविल्डिङ्ग ओपन र ५० वर्ष माथिका मास्टर खुल्ला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता गर्ने भएको छ ।

सोमवार पत्रकार सम्मेलन गर्दै सर्वसाधारणलाई शारीरिक व्यायामप्रति आकर्षित गरि नेपालको शारीरिक सुगठन खेलको विकास तथा विस्तार गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिए ।

शहिद धर्मभक्त माथेमाको स्मृतीमा आयोजना गर्दै आएको “धर्मश्री” प्रतियोगिता यस वर्ष यही चैत्र ७, ८ र ९ गते हुँदैछ ।

प्रतियोगितामा करिब ६०० जना खेलाडीहरुको सहभागिता रहने र प्रतियोगिताको प्रत्येक तौल समुहबाट ६ जना खेलाडीहरु छनौट गरिने छ ।

काठमाडौं महानगरपालिका, भक्तविर सिंह तुलाधर फाउन्डेसन, शैलेस प्रताप केसी, फिटनेश च्वाईस, डाईट नेपाल, नेप न्यूट्रेसन प्रालि, मनकामना केवुलकारले यो प्रतियोगिताको प्रायोजन गर्नेछ । प्रतियोगिता काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  २ : १८ बजे