बागलुङ, प्रभु बैंक लि. गण्डकी प्रदेश शाखाले ग्लोबल मनी वीक २०२५ को अवसरमा बागलुङ जिल्लाको पश्चिमी क्षेत्र, बुर्तिबाङमा बित्तिय जनचेतनामूलक र्यालीको आयोजना गरेको छ। “अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं। अरुका कुरा सुनौं तर आधिकारिक कुरा सुनि निर्णय गरौं” भन्ने नारासहित आयोजित र्यालीले बुर्तिबाङ बजार क्षेत्रमा परिक्रमा गर्दै वित्तीय साक्षरताका विभिन्न पहलुहरूमा जनचेतना फैलाएको छ।
र्यालीमा सहभागीहरूले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानरहरू बोकेका थिए, जसले युवा पुस्तालाई वित्तीय योजनाको महत्त्व र बचत गर्ने बानीको विकासमा ध्यान केन्द्रित गराएको थियो।
कार्यक्रममा प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्त्व र वित्तीय साक्षरताको आवश्यकता बारेमा प्रस्टोक्ती दिए। उहाँले भने, “यस्ता कार्यक्रमहरूले बालबालिका, बृद्घ र युवापुस्तालाई वित्तीय योजना, बचत र लगानीको महत्त्व बुझाउन महत्त्वपूर्ण भूमिका खेल्दछन्।”
प्रभु बैंकको यस र्यालीको मुख्य उद्देश्य सानैदेखि बचत गर्ने बानीको विकास, वित्तीय योजनाको महत्त्व र वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु रहेको थियो।
कार्यक्रमको समापनमा प्रभु बैंक बुर्तिबाङ शाखाले सहभागी सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै, आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया