काठमाडौँ। नेको इन्स्योरेन्सले आफ्ना हकप्रद शेयरमा आवेदन दिने म्यादलाई चैत १४ गतेसम्म थप गरेको छ। यसअघि कम्पनीले फागुन २८ गतेसम्म आवेदन दिने समय निर्धारण गरेको थियो, तर निर्धारित म्यादसम्म पर्याप्त आवेदन नपरेकोले आवेदन म्यादमा थप गरिएको हो।
कम्पनीले हकप्रद शेयरको बिक्री प्रक्रिया फागुन ८ गतेदेखि सुरू गरेको थियो, जसमा ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गर्ने घोषणा गरेको थियो। यसका लागि १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९ हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद शेयर जारी गरिएको हो।
नेको इन्स्योरेन्सले माघ १८ गते बुक क्लोज गर्दै, त्यसअगाडि कायम रहेका लगानीकर्ताहरूसँग हकप्रद शेयरमा आवेदन स्वीकार गर्ने निर्णय गरेको थियो।
सानिमा क्यापिटलले यस हकप्रद शेयरको बिक्री प्रबन्धकको काम गर्दै आएको छ। लगानीकर्ताले सानिमा क्यापिटलको नक्साल, काठमाडौं स्थित कार्यालय र नेको इन्स्योरेन्सका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, धितोपत्र बोर्डबाट अनुमतिबद्ध बैंक र वित्तीय संस्थाहरु तथा मेरो शेयरमार्फत पनि आवेदन प्रक्रिया पूरा गर्न सकिनेछ।
यस कम्पनीको हालको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँसम्म पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया