Logo

Breaking News 1

एमाले सचिवालयको बैठक बस्दै, समसामयिक राजनीतिक विषयबारे छलफल हुने



काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयबारे छलफल हुने बताइएको छ । उता संसदको हिउँदे अधिवेशन पनि चलिरहेको छ । बैठकमा यीनै विषयमा छलफल हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ८ : ४६ बजे