Logo

प्रदेश

न्याय माग्दै जनकपुरधाममा स्वाधीन मधेश जनअभियानले निकाल्यो र्याली



काठमाडौं । सरकारसंग विभिन्न माग राख्दै स्वाधी मधेश जनअभियानले जनकपुरधाममा र्याली निकालेको छ ।

आइतबार विगत केही महिनादेखि मधेश प्रदेशको विभिन्न स्थानमा भएको हत्या÷बलात्कार जस्ता घटनाप्रति सरकारले खासै चाँसो नदिएको भन्दै जनअभियानले जनकपुरधाममा र्याली निकालेको छ ।

सिरहामा भएको रिंकु सदाको बलात्कार र होलीको दिन महोत्तरीको लोहरपट्टी नगरपालिकामा एक १० वर्षीया बालिकामाथि भएको जबरजस्ती करणीमा हालसम्म सरकारले छानबीनको नाममा समय मात्र बिताएको जनअभियानका केन्द्रिय संयोजक कैलाश महतोको आरोप छ । उनले आजको र्यालीले सरकार र जनतालाई ध्यानाकर्षण गराउन खोजेको बताए ।

साथै उनले आफ्नो अभियानको मुख्य एजेन्डमाथी प्रकास पार्दै स्थानीय तहहरुमा दलविहिन निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले यो देश क्षेत्री, बाहुन वा ठकुरीको मात्र नभई मधेसी, दलित जनजाति तथा मुस्लिमको पनि रहेको बताउँदै प्रत्येक वर्ग, समुदाय तथा लिंगको समानुपातिक रुपमा प्रतिनिधित्व हुनुपर्ने माग गरे ।

जनकपुरधामको तिरहुतीया गाछी मैदानबाट सुरु भएको र्याली जनकपुरधामको विभिन्न चोकहरुको परिक्रमा गरी पुनः तिरहुतीया गाछी मैदानमै पुगेर कोन सभामा परिणत भएको थियो । स्वाधिन मधेस जनअभियानले समानुपातिक प्रणालीको पक्षमा हस्ताक्षर अभियानको सुरुवात समेत गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ८ : ३३ बजे