काठमाडौँ । अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्टको उदघाटन गरेका छन् । काठमाडौँको केएल टावसरको दोस्रो तलामा रहेको स्मार्ट पोइन्टको एक कार्यक्रमका बिच कुलले उदघाटन गरेका हुन् ।
डक्टर डेनिमका ब्राण्ड एम्बासडर समेत रहेका कुलले स्मार्ट पोइन्ट फेसन हाउसको उद्घाटन गर्दै सफलताको शुभकामना दिए । सो अवसरमा कुलले संचालक जयराम भण्डारीको लगनशिलताको पनि खुलेर तारिफ गरेका थिए । अभिनेता समेत रहेका कुलले डक्टर डेनिम लगाएर स्मार्ट बन्न आग्रह गरेका थिए ।
सो अवसरमा स्मार्ट पोइन्टका संचालन जयराम भण्डारीले ब्यवसायको क्षेत्रमा करिब एक दशकदेखि लागिपर्दै आएको बताए । भण्डारीले आफूले ब्यवसायको क्षेत्रलाई निकै नै आशालाग्दो भएका कारण लामो समयदेखि यही क्षेत्रमा लागिपरिरहेको दोहोर्याए ।
सँधै सकारात्मक सोचौँ भन्ने मूल नारासहित संचालनमा ल्याइएको स्मार्ट पोइन्टले उदघाटनका क्रममा उपस्थित संचारकर्मीलाई पनि आफ्नो ब्राण्डका सामग्रीहरु दिएर सम्मान गरेको थियो ।
प्रतिक्रिया