काठमाडौं, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिष्टमा परेका पाँच जनाको नाम सार्वजनिक गरेको छ।
सिफारिस समितिले आवेदन दिएकामध्ये पाँच जनाको नाम छनोट गरेको हो। सर्टलिष्टमा परेका व्यक्तिहरूमा पूर्ण प्रसाद आचार्य, चूडामणि चापागाईँ, नारद कुमार लुइँटेल, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन्।
यसै गरी, सर्टलिष्टमा परेका उम्मेदवारहरूले आफ्नो व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता चैत ६ गते बिहान ७ बजे अर्थ मन्त्रालयमा प्रस्तुत गर्नुपर्नेछ।
सम्पर्क विवरण:
सर्टलिष्ट भएका उम्मेदवारहरूले अर्थ मन्त्रालयमा तय भएको समयमै उपस्थित हुनुपर्नेछ।
प्रतिक्रिया