काठमाडौं । होली पर्वको दिन धनुषामा दुई स्थानमा विवाद भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मधेश प्रदेशका विभिन्न स्थानमा शनिबार होली पर्व मनाइको थियो । सो क्रममा धनुषाको दुई स्थानमा विवाद हुँदा एक जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । दूबै घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जनकपुरधाम २३ को विन्धीस्थित होली खेल्ने क्रममा विवाद हुँदा एक युवकले १८ वर्षिय आशु यादवलाई चक्कु प्रहार गरी हत्या गरेका थिए । यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विन्धीकै धर्मेन्द्र महतोलाई पक्राउ गरिसकेको छ ।
यस्तै मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार होली पर्वको दिन धनुषा र महोत्तरी गरी आठ स्थानमा सवारी दुर्घटना भएका छन् । आठवटै दुर्घटनामा परेर ९ जना घाइते भएको छ । प्रहरीका अनुसार धनुषामा भएको ४ सवारी दुर्घटनामा परेर ४ जना र महोत्तरीको ४ स्थानमा भएको सवारी दुर्घटनामा परेर ५ जना घाइते भएका हुन् ।
यता प्रहरीले होली पर्वलाई ध्यानमा राखेर धनुषा र महोत्तरीमा गरी विभिन्न स्थानमा राखेको चेकिङ्ग प्वाइन्टबाट मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा नियम उल्लंघन गर्दै चलाइएको कुल ९४ सवारी साधनलाई नियन्त्रणमा राखेर होल्डमा राखेको जनाइएको छ ।
धनुषामा ८६ मोटरसाइकल र ४ वटा चार पाङ्ग्रे गाडीलाई होल्डमा राखिएको थियो भने महोत्तरीमा चार मोटरसाइकललाई प्रहरीले होल्डमा राखेको थियो ।
प्रतिक्रिया