काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली तथा लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश तथा देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
प्रतिक्रिया