Logo

प्रदेश

‘होली पर्व मनाउने तरिका सभ्य र भव्य हुँदै गएको छ’


२९ फाल्गुन २०८१, बिहिबार  

69
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेतृहरुले होली पर्व सभ्य र भब्य बन्दै गएको बताएका छन् ।

ट्रेड युनियन कांग्रेसकी भगवती खड्काले पछिल्ला दिनहरुमा होली पर्व मनाउने तरिका सभ्य र भव्य हुँदै गएको औंल्याइन् ।

बिहीबार काठमाडौंमा आयोजित होली विशेष कार्यक्रममा बोल्दै उनले पहिला होलीमा लोला हानेर बाटोमा हिड्न नसकिनेगरी असहजिलो हुने गरेको तर आजभोली होली पर्व मनाउने तरिका सभ्य र भव्य हुँदै गएको बताएकी हुन् ।

उनले भनिन्,‘हिजोको दिनमा होलीहरु लोला हानेर बाटोमा हिड्न नसकिने, एकदमै असहजिलो अवस्था हुन्थ्यो । तर अहिले चाँही सभ्य र भव्य तरिकाले मनाउनेक्रम चाँही अब अगाडि बढेको छ ।’

साथै उनले होलीमा शरीरमा भएका सम्पूर्ण नकारात्मक तत्वहरुलाई फाल्ने र सकरात्मक तत्वलाई लिनुपर्ने पनि बताइन् ।

त्यस्तै चर्चित महिला नेतृ सृजना सिंहले होली पर्व हिन्दुहरुको आस्थाको पर्व भएकाले एकआपसमा माया साट्ने र दुस्मनी सबै बिर्सने दिनका रुपमा मनाइने गरेको सुनाइन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ६ : ०६ बजे