Logo

मुख्य समाचार

सरकारले संविधानको व्यवस्थालाई पनि ख्याल नगरी विधेयक ल्याएको छ : सांसद पाण्डे


२८ फाल्गुन २०८१, बुधबार  

69
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक बेठिक रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाण्डले पेस हुन लागेको उक्त विधयकको विरोध गर्दै सरकाले जनप्रतिनिधिलाई र जनतालाई अपहेलना गरेको विधेयक ल्याएको बताएका हुन् ।

उनले भने,‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक बेठिक छ । जसरी सरकाले जनप्रतिनिधिलाई जनतालाई अपहेलना गरेको छ । त्यसैले हामी यसको विरोध गर्छौँ ।’

साथै उनले सरकारले संविधानको जुन व्यवस्था छ त्यसलाई पनि राम्रोसँग ख्याल नगरीकन विधेयक ल्याएको बताए । शिक्षकहरु आन्दोलनमा रहेको अवस्थालाई मध्यनजर गरेर बरु चाँडो शिक्षा विधेयक ल्याउने उनले सुझाव दिए ।

उनले भने,‘सरकारले संविधानको जुन व्यवस्था छ । त्यसलाई पनि राम्रोसँग ख्याल नगरीकन यो  विधेयक ल्याएको छ । सरकार जनताको समस्या के छ तत्कालको आवश्यकता के हो सरकारको यतातिर पनि ल्याएको छैन । शिक्षकहरु आन्दोलनमा छन् । शिक्षा विधेयक चाँडो लयाउनको सट्टा,समितिको काम अगाडि बढाउनुको सट्टा सरकार सुनुवाई गर्दैन् ।’

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १ : ४३ बजे