Logo

मुख्य समाचार

सरकारको विश्वसनियता सकिएकै कारण राजतन्त्रवादी हौसिए : अध्यक्ष प्रचण्ड


२७ फाल्गुन २०८१, मंगलबार  

92
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको विश्वसनियता सकिएकै कारण राजतन्त्रवादी हौसिएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले वर्षौसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै आएर राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेको भन्दै यो सरकारको कमजोरीले गर्दा भएको बताए ।

उनले भने, ‘सरकारको विश्वसनियता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन् । वर्षौसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै आएका छन् र सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन् । राजावादीहरुको यो चहलपहलका पछाडी संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देश भित्र र बाहिरका चलखेल पनि मिसिएका छन् ।’

यसको साथै, उनले जनताको बलिदान र लामो संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउने कोशिस भएको भन्दै अब एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्का तिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नु पर्ने अवस्था सिर्जना भएको पनि बताए ।

उनले भने, ‘जनताको बलिदान र लामो संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउने कोशिस हुदैँछ । हामीले अब एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्का तिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नु पर्ने अवस्था सिर्जना भएको छ । सरकारको वेतिथि र असफलताले जनतामा व्यवस्थाप्रति नै निराशता बढाउदैँ लगेको छ । सरकारमा बसेका साथिहरुलाई मेरो प्रश्न छ, हरेक वर्ग र समुदायले अब आन्दोलन बाहेक अरु विकल्प नै देख्न छाडेको हो ?।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ४८ बजे