काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीले १४ लाख ७६ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। यस कम्पनीले सर्वसाधारणका लागि यो आईपीओ सार्वजनिक गरेको हो।
कम्पनीले विदेशमा रहेका नेपालीलाई १ लाख ८० हजार कित्ता सेयर र कम्पनीका कर्मचारीलाई ५४ हजार कित्ता सेयर जारी गरेको छ। साथै, ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई वितरण गरिएको छ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ। सर्वसाधारणले चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा, आवेदन दिने अवधि चैत १२ गतेसम्म थप गरिएको छ।
यस आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। आईपीओमा सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ।
प्रतिक्रिया