काठमाडौं । आज (मंगलवार) संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको ५० औँ बैठक बस्ने भएको हो ।
सिंहदरवामा बस्ने बैठकमा आज बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिदैछ ।
यस्तै आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६५औँ बैठक सिंहदरबारमा बस्ने भएको छ ।
दिनको १ बजे बस्ने आजको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
प्रतिक्रिया