Logo

मनोरञ्जन

‘निफ’ को प्रि–बुकिङ टिकट खुल्ला


२६ फाल्गुन २०८१, सोमबार  

69
Shares

काठमाडौं । आठौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को प्रि–बुकिङ खुल्ला गरिएको छ । आगामी चैत ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने निफको टिकट बुकिङ फागुन ८ गतेबाट खुल्ला गरिएको हो ।

‘निफको टिकट विद्यार्थीहरूका लागि एकसय रुपैयाँ, सर्वसाधारणहरूका लागि चारसय रुपैयाँ शुल्क तोकिएको छ’, निफका क्रिएटिभ निर्देशक रसिक पाठकले बताए । बुकिङको लागि निफले खल्ती एपसँग साझेदारी गरेको छ । उद्घाटनको पहिलो चलचित्र ‘साम्भला’ हुन पनि उनले जानकारी दिए ।

आठौं संस्करणको लागि ७० देशहरूबाट प्राप्त ६०० भन्दा बढी चलचित्रहरू मध्ये ४० देशहरूबाट ८७ वटा चलचित्रहरू छनोट गरिएको छ भने छनोट गरिएका केही चलचित्रहरू प्रतिष्ठित कान्स चलचित्र महोत्सवहरूमा पनि प्रदर्शन भइसकेका छन् । चलचित्रहरु सिभिल महल र छायाँ सेन्टरमा रहेको क्युएफएक्स सिनेमा हलहरुमा प्रदर्शन हुनेछन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ८ : १५ बजे