जनकपुर । चुरे वनजंगल संरक्षण अभियानको राष्ट्रिय सम्मेलन चैत ९ गत्ते जनकपुरधाममा हुने भएको छ ।
चुरे वनजंगल संरक्षण तथा भूमिहीनहरुको अधिकारको माग गर्दै विगत सात वर्षदेखि संघर्ष गर्दै आएका चुरे वनजंगल संरक्षण अभियानले पहिलो पटक राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
पानी दिवसको अवसरमा चैत ९ गते विहान ११ जनकपुरधाममा सम्मेलन सुरु हुने अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले जानकारी दिए । अभियानको सम्मेलन जनकपुरधामको अग्नीकुण्डस्थित मैथिली विकास कोषको नवनिर्मित भवनमा हुने जनाइएको छ ।
राष्ट्रिय सम्मेलनमा मुलुकभरिका अभियानीहरुको जमघट हुने र सम्मेलनको भोलिपल्ट अभियानलाई अझ सशक्तरुपमा लग्ने उद्देश्यका साथ पदाधिकारी चयन एवम अभियानको अग्रिम कार्यदिशा पनि चयन गरिने यादवले जानकारि दिए ।
वि.सं २०७४ चैत १२ गते स्थापना भई मधेश प्रदेशको राजधानी जनकपुरधाम केन्द्रित आन्दोलन गर्दै आएको अभियानले अहिलेसम्म पटक पटक गरी १२ सय किलोमिटर भन्दा बढि पदयात्रा गरिसकेको छ ।
त्यस्तै, काठमाण्डौको माइतीघरमा आन्दोलन देखि लिएर आमरण अनसनसम्म बसेर अभियानले चुर वन जंगल संरक्ष तथा भूमिहीनहरुको अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको छ ।
प्रतिक्रिया