काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौंका लागि समीट एयरको जहाजमार्फत काठमाडौं आएका हुन् ।
पोखरामा राजावादीहरुले उनलाई पञ्चेबाजासहित बिदाइ गरिएको थियो ।
पूर्वराजालाई काठमाडौंमा भव्य स्वागतको तयारी गरिएको छ । त्रिभुवन विमानस्थल अगाडि समर्थकहरू जम्मा भइ राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध प्रदर्शन गरिररहेका छन् ।
उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले भव्य स्वागतको तयारी गरेका छन् ।
प्रतिक्रिया