काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १०० रुपैयाँले वृद्धि भएर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य एक लाख ७० हजार ३०० रुपैयाँ प्रतितोला पुगेको छ। यसअघि, शुक्रबार सुनको मूल्य एक लाख ७० हजार २०० रुपैयाँ प्रतितोला थियो।
त्यस्तै, चाँदीको मूल्यमा भने गिरावट आएको छ। आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९८५ रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ। गत शुक्रबार चाँदीको मूल्य एक हजार ९९० रुपैयाँ प्रतितोला थियो।
यो मूल्य परिवर्तनले बजारमा सुन र चाँदीको क्रय विक्रिमा प्रभाव पर्ने देखिएको छ।










प्रतिक्रिया