Logo

मुख्य समाचार

महिला दिवसको अवसरमा आयोजना गरिएको दौड म्याराथुन र कवितावाचन कार्यक्रम सम्पन्न


२५ फाल्गुन २०८१, आइतबार  

46
Shares

ललितपुर । ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुरको वडा नम्बर १३ स्थित महिला समूहले दौड म्याराथुन र कवितावाचन प्रतियोगिता आयोजना गरेको थियो । उक्त कार्यक्रममा करिब १२० जना महिला सहभागी भएका थिए ।

दौड म्याराथुनमा १३ नं. वडाका महिला समूहका सदस्यहरूले उत्साहपूर्वक भाग लिएका थिए । ७० भन्दा बढी महिलाले प्रतिस्पर्धा गरे । दौडमा जानुका दाहालले प्रथम स्थान, मैया अधिकारीले दोस्रो स्थान, सृजना नेम्कुलले तेस्रो स्थान प्राप्त गरे, भने उषा राई चौथो स्थानमा रहिन् । उनीहरूलाई पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा दिउँसो कवितावाचन प्रतियोगिता पनि आयोजना गरिएको थियो, जसमा वडाका महिला समूहका सदस्यहरूले भाग लिएका थिए । कवितावाचनमा संगीता तिमल्सिना पहिलो, सीता गजुरेल दोस्रो र टिका ढुङ्गाना काफ्ले तेस्रो स्थानमा रहे । सुरुसी खड्काले सान्त्वना पुरस्कार प्राप्त गरिन् । सहभागी सबैलाई सम्मानपत्र वितरण गरियो ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा वडा नम्बर १३ का महिला सदस्य सरस्वती जोशी र विशेष अतिथिका रूपमा कृष्णप्रसाद कोइराला उपस्थित थिए । साथै, ललितपुर महानगरपालिका महिला विकासका पूर्व उपसचिव महेश्वरी बिष्ट पनि कार्यक्रममा सहभागी थिइन्। कवितावाचनका निर्णायकको रूपमा लक्ष्मीप्रसाद घिमिरे, चुडा भट्टराई र प्रज्ञा खत्री रहेको थिए ।

कार्यक्रमको सञ्चालन र व्यवस्थापनमा रन्जु बानिया र इन्दिरा काफ्ले प्रमुख भूमिका निभाएका थिए । इन्दिरा काफ्लेले कार्यक्रमलाई सफल बनाउन अल्का अस्पताल, मेडिकल टिम, सुरक्षाकर्मी र मिडिया रेडक्रसलाई धन्यवाद दिइन् ।

यस कार्यक्रमले महिला सशक्तिकरणको महत्वपूर्ण मुद्धामा ध्यानाकर्षण गर्दै समाजमा महिलाको स्थान र योगदानको महत्वलाई बढावा दिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  १० : ३४ बजे