Logo

मुख्य समाचार

महाविर युवा किमिटिको नव अध्यक्षमा दिपक साह निर्वाचित


२५ फाल्गुन २०८१, आइतबार  

92
Shares

जनकपुर । जनकपुरधामको चर्चित महाविर युवा कमिटिको अध्यक्षमा दिपक साह मिन्टु निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा कुल ४ सय ७ मतदाता मध्ये ३ सय ४० मत खसेकोमा विजयी भएका दिपक साह (मिन्टु) १ सय ७१ र उपविजेता दिपनारायण साह १ सय ६७ मत प्राप्त गरेका छन् । उनीहरुबीचको जित र हारमा मात्र चार मतको मतान्तर छ ।

त्यसैगरी उपाध्यक्षमा अनिल कुमार साह विजयी भएका छन् । उनले २ सय १६ सर्वाधिक मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी रञ्जित कुमार साह १ सय ११ र सतिश चन्द्र साह १२ मत पाएका छन् । महासचिवमा भरत कुमार साहले बाजी मारेका छन् । उनले १ सय ५५ ल्याउँदा रञ्जन जयसवाल १ सय ११ र सन्तोष कुमार साह ७१ मत प्राप्त गरेका छन् ।

सचिवमा १ सय ५५ मत सहित प्रदिप कुमार साह विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी मनोज कुमार भगतले १ सय ८ मत र भुल्ला कुमार नागवंशी ७५ मत ल्याएका छन् । कोषाध्यक्षमा अनिल कुमार प्रसाद पण्डा जी २ सय २६ मत पाएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी नितेश जयसवाल १ सय १४ मत प्राप्त गरेका हुन् ।

पाँच पदाधिकारी र ६ कार्यकारी सदस्य सहित कुल ११ सदस्सीय कार्यसमितिका लागि २० जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
अध्यक्षमा दुई, उपाध्यक्षमा तिन, महासचिवमा तिन, सचिवमा २, कोषाध्यक्षमा दुई र ६ सदस्यका लागि ८ जना उम्मेदवार बनेका थिए ।

जनकपुरधामको प्रसिद्व श्री राम र श्री राजदेवी मन्दिरको व्यवस्थापन सहितको सम्पुर्ण अभिभारा कमिटिको जिम्मामा रहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ८ : ५९ बजे