काठमाडौं | ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमीलाई लक्षित गर्दै ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ। यस कर्जा योजनाले महिला उद्यमीलाई वित्तीय सहजीकरण प्रदान गर्दै रोजगार सिर्जना, सामाजिक विकास र स्थानिय समुदायको आर्थिक सशक्तिकरणमा मद्दत पुर्याउने उद्देश्य राखेको छ।
कर्जा योजनाअन्तर्गत महिलाले नेतृत्व गरेका कृषि, उत्पादन, प्रसोधन र बजारीकरणका क्षेत्रका घरेलु, साना र मझौला उद्योगलाई विशेष प्राथमिकता दिइ कर्जा प्रदान गरिनेछ। महिलाहरुलाई न्यूनतम ब्याजदरमा १० करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ। कर्जा प्राप्त गर्नका लागि महिलाको कम्तीमा ५० प्रतिशत स्वामित्व र व्यवसायको पूर्ण नेतृत्व आवश्यक हुनेछ।
यस कर्जाको लागि योग्य व्यवसायहरूले डिजिटल उपहार पनि प्राप्त गर्नेछन्।
ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र युरोमनी अवार्ड फर एक्सलन्स २०२४ प्राप्त गरेको छ। बैंकले ३५५ शाखा, ३८५ एटीएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा र १,१०० भन्दा बढी सेवा केन्द्र मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।
यस बैंकले रेमिट्यान्स सेवामा पनि महत्वपूर्ण भूमिका निभाइरहेको छ र विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ, जसमा संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार र युएई जस्ता देशहरू समावेश छन्
प्रतिक्रिया