काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय र प्रदेश तहलाई अधिवेशन गर्न परिपत्र जारी गरेको छ ।
पार्टीको केन्द्रीय समितिको बैठकले लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार पार्टी सङ्गठन निर्माण तथा सञ्चालन गर्न र आन्तरिक लोकतान्त्रिक अभ्यास गर्न विभिन्न तहगत समितिको अधिवेशन गर्ने निर्णय गरी अधिवेशनको कार्यतालिकासमेत निर्धारण गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
जसअनुसार २०८१ चैत्र मसान्तसम्म सबै स्थानीय तह वडा, पालिका र जिल्ला समितिहरुको अधिवेशन गरिसक्नुपर्ने छ । त्यसैगरी २०८२ बैशाख २५ गते भित्र सबै प्रदेश समिति र पहिचानमा आधारित राष्ट्रिय समितिहरुको अधिवेशन गर्नुपर्ने भनिएको बताइएको छ ।
पार्टीसम्बद्ध भ्रातृसङ्गठनहरुको अधिवशेन आगामी बैशाख मसान्तसम्म गरिसक्नुपर्ने छ ।त्यसैगरी यही फागुन मसान्तभित्र पार्टी विधानअनुसार थप भएका सङ्गठित पार्टी सदस्यहरुको अभिलेख तयार गरी पार्टी केन्द्रीय कार्यालयमा बुझाउन पार्टीले निर्देश गरेको प्रमुख बस्नेतको भनाइ छ ।
प्रतिक्रिया