Logo

खेलकुद

भीमबहादुर तामाङ स्मृति कप भलिबल प्रतियोगिता हुँदै


२२ फाल्गुन २०८१, बिहिबार  

0
Shares

रामेछाप । नेपाली कांग्रेसका नेता स्वर्गीय भीमबहादुर तामाङको स्मृतिमा दोलखामा वाग्मती प्रदेश स्तरीय भीमबहादुर तामाङ स्मृति कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

तामाङको १३ औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ ले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

खेल आगामी चैत १३ देखि १६ गतेसम्म दोलखाको बैतेश्वर गाउँपालिका–३ मिर्गे बजारमा हुने  नेपाली कांग्रेस दोलखका प्रदेश ‘क’ का सभापति शुक्रराज तामाङले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले ४ लाख रुपैँया नगद पुरस्कार पाउने भएको छ ।  त्यस्तै दोस्रो हुनेले नगद दुई लाख, तेस्रो हुनेले नगद एक लाख र सान्त्वना हुनेले नगद ५० हजार रुपैँया पुरस्कार शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  १ : ०४ बजे