काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १४।६२५०७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। यसअनुसार कम्पनीले चुक्ता पुँजीको १३.८९३८२ प्रतिशत बोनस र ०।७३१२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।
कम्पनीको चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार रुपैयाँ रहेको छ। यसै साता, कम्पनीले १ करोड ९५ लाख ७७ हजार रुपैयाँ बराबरको एफपीओ (फ्रेश पब्लिक अफर) जारी गरेको छ। कम्पनीले स्पष्ट पार्दै भनेको छ कि बुक क्लोज अगावै उक्त एफपीओ नेप्सेमा सूचीकृत भएमा एफपीओ पर्नेलाई पनि उक्त लाभांश पाउने अवसर प्राप्त हुनेछ।
यस घोषणा पछि, कम्पनीका लगानीकर्ताहरू र एफपीओ पर्न चाहनुहुने आवेदकहरूमा थप उत्साहको माहोल बनिरहेको छ।
प्रतिक्रिया